FAQs Complain Problems

व्यवसाय बन्द सिफारिस

आवश्यक पर्ने कागजातहरु:

१) आफ्नो व्यवसायको विस्तृत व्यहोरा सहितको निवेदन पत्र

२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि

३) चालु आ.व. सम्मको व्यवसाय नवीकरण गरेको प्रमाणपत्रको सक्कल

४) घरबहाल सम्झौता पत्रको प्रतिलिपि

५) स्थलगत प्रतिवेदन

६) विदेशीको हकमा परिचय खुल्ने कागजात वा सम्बन्धित दुतावासको पत्र

७) आफनै घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात 

 

सेवा सुविधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रिया: 

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने

२) वडा अध्यक्ष/का.बा.वडा अध्यक्ष/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

३) निवेदन दर्ता गर्ने

४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने

५) निवेदकले तोकिएको शुल्क बुझाउने

६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने 

 

सेवा प्रदान गर्ने अधिकारी :  वडा अध्यक्ष/का.बा.वडा अध्यक्ष/वडा सचिव,  सम्बन्धित फाँटका कर्मचारी

लाग्ने दस्तुर. रु २०० 

लाग्ने समय: सोही दिन,  सर्जमिनको हकमा बढीमा ३ दिनभित्र 

आर्थिक वर्ष: