सूचना तथा समाचार
संक्षिप्त परिचय
१. रुन्टिगढी गाँउपालिकाकाे संक्षिप्त परिचय : संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको ५ न. प्रदेश अन्तरगत रोल्पा जिल्लाको १० वटा स्थानीय तह मध्यको रुन्टिगढी गाँउपालिका पनि एक हो । अति सौन्दर्य मनमोहक प्रसिद्ध महाप्रभुको जन्म थलो रुन्टि र महाप्रभुले तपश्या गरेको ठाउँ गढीको नामवाट नामाकरण गरेको यस गाँउपालिकाको केन्द्र होलेरी, रोल्पामा रहेको छ । यस गाँउपालिका रोल्पा जिल्ला सदरमुकाम लिवाङ देखी ४० कि.मी उत्तरी पश्चिम भागमा अवस्थित छ । ९ वटा वडा भएको रुन्टिगढी गाँउपालिकाको पूर्वमा रोल्पा नगरपालिका र सुनिल स्मृति गाँउपालिका, पश्चिममा दाङ र सल्यान जिल्ला,उत्तरमा त्रिवेनी गाँउपालिका र दक्षिणमा दाङ र प्यूठान जिल्ला रहेका छन ।
२. भौगोलिक अवस्थिति
८२° १२’५२” देखी ८२° ३५’२२” पूर्वी देशान्तर र २८° १२ ३६” देखी २८२२’२५” उत्तरी अक्षाशमा फैलिएको एस गाँउपालिका समुद्र सतहबाट ८६० देखी २८०० मि. उचाइमा अवस्थित छ । वनजंगल, खोलानाला र प्राकृतिक छटले भरिपूर्ण यस गाउँपालिका पहाडी क्षेत्रमा पर्दछ । यस गाउँपालिकाको क्षेत्रफल २३२.६९ वर्ग कि.मी ।
जनसंख्या र घरधुरी
यस रुन्टीगढी गाउँपालिकामा पुरुषकाे जनसंख्या १५८९४ र महिलाकाे जनसंख्या १६०४० गरि जम्मा जनसंख्या ३१९३४ रहेको छ साथै घरधुररीकाे सख्या ५६०८ रहेकाे छ ।
3. सामाजिक तथा सास्कृतिक पक्ष
यस गाँउपालिका सामाजिक तथा सास्कृतिक रुपमा सम्पन्न रहेको छ । मगर जातीको वाहुल्यता छ भने यस वाहेक ब्रहामण, क्षेत्री, ठकुरी, सन्यासी, कामी, दमाई, सार्की, घर्ती लगाएतका जातजाती बसोबास गर्दछन । धार्मिक रुपमा हिन्दु धर्मको बाहुल्यता रहेपनि बौद्ध तथा क्रिश्चियन धर्मावलबीहरु सहितयस गाँउपालिकामा जातीय र धार्मिक सहिसुन्ता कायम रहेको छ । दशैँ, तिहार, जनै पूर्णिमा, बुद्ध जयन्ती आदी यहाँका प्रमुख पर्वहरु हुन । पन्चे बाजा,कौरा, सोरठी, मयुर नाच,साराङ्गी नाच, भmयाउरे, वालन,चुडका, लगाएतका जातीय परम्परागत पहिचान कायम रहेकै छ । वि. सं २०७३ सालमा रोल्पा जिल्लामा ७ वटा वडा अहिले प्रशासनिक र्दष्टिकोणबाट ९ वटा वडामा विभाजन गरिएको छ ।
४. सामाजिक अवस्था
इस खण्डमा रुन्टीगढी गाउँपालिका बासिन्दाहरुको सामाजिक अवस्थाको अध्ययन गरिएको छ,जसअन्तरगत साक्षरता, वैवाहिक अवस्था, बसोवास र बसाइँसराइ, जन्म र मृत्यु एवम् स्वास्थ्य सम्बन्धी जानकारी दिइएको छ ।
1 साक्षरता
स्न्टीगढीमा पुरुष र महिला दुवैको साक्षरता प्रतिशत सामान्यतता सन्तोषजनक नै देखा पर्छ । तर पुरुषहरुको सापेक्षतामा रुन्टीगढी गाउँपाुलिकाको अझै पनि निरक्षर महिलाहरुको सङ्ख्या(८७.०७७) प्रतिशत रहेको छ ।
2 वैवाहिक अवस्था
रुन्टीगढी गाउँपालिका बासिन्दामध्ये १० वर्ष वा सोभन्दा माथिको उमेरका २०८८ व्यक्तिहरुको वैवाहिक अवस्थाको अध्ययन गर्दा विवाहिक व्यक्तिहरुका प्रतिशत ५२.६ र अविवाहित व्यक्तिहरुको प्रतिशत ४४.६ रहेको पाइयो ।
3 बसोबास र बसाइँसराइ
रुन्टीगढी गाँउपालिकामा बसाईसराइको अवस्था विश्लेषण गर्दा यहाँका बसोबासीमध्ये ९६.८१८ प्रतिशत बासिन्दाहरु अन्यत्रवाट बसाइँसराइ गरी आएको पाइयो । ५ न. वडामा अन्य वडा भन्दा धेरै वसाइँसराइ गरेको पाइयो ।
4 जन्म र मृत्यु
वडागत आधारमा रुन्टीगढी गाँउपालिकाको जन्म सम्बन्धी विवरण हेर्दा विगत १२ महिनाको अवधिमा वडा नं ३ र १ मा अन्य वडाको तुलनामा अधिक जन्मदर रहेको देखिन्छ र मृतयुतर्फको तथ्याङ्क हेर्दा जम्मा ४.१६ प्रतिशत घरधुरीमा मात्र मृत्यु भएको देखिन्छ । १२ महिनाको अवधिमा क्रमशः वडा २ र ८मा सर्वाधिक धेरै मृत्यु भएको देखिन्छ ।
5 स्वास्थ्य
रुन्टीगढी गाँउपालिकाका अधिकांश वासिन्दाहरु(६५.१६८ प्रतिशत) विरामी हुँदा सबैभन्दा पहिले औषधी पसलमा जचाउन जाने गरेको पाइन्छ । पर्याप्त स्वास्थ्य सुविधा प्रदान गर्नका लागि अझै थप प्रयास गर्नु पर्ने देखिन्छ ।
रुन्टीगढी गाउँपालिकाको जनसंख्या तथा घरधुरीको विवरण
वडा नं. |
पुरुष संख्या |
महिला संख्या |
जम्मा संख्या |
घरधुरी संख्या |
१ |
२१६२ |
२३१५ |
४४७७ |
७६० |
२ |
१३९३ |
१३९८ |
२७९१ |
५०१ |
३ |
१५२४ |
१५०२ |
३०२६ |
५०९ |
४ |
१३६६ |
१३८० |
२७४६ |
४८४ |
५ |
२२७७ |
२२९६ |
४५७३ |
८१४ |
६ |
२४३८ |
२४५७ |
४८९५ |
८६४ |
७ |
१६८५ |
१७०१ |
३३८६ |
६२७ |
८ |
१२८३ |
१२७४ |
२५५७ |
४४४ |
९ |
१७६६ |
१७१७ |
३४८३ |
६०५ |
जम्मा |
१५८९४ |
१६०४० |
३१९३४ |
५६०८ |