FAQs Complain Problems

संक्षिप्त परिचय

१. रुन्टिगढी गाँउपालिकाकाे संक्षिप्त परिचयसंघीय लोकतान्त्रिक गणतन्त्र नेपालको ५ न. प्रदेश अन्तरगत रोल्पा जिल्लाको १० वटा स्थानीय तह मध्यको रुन्टिगढी गाँउपालिका पनि एक हो । अति सौन्दर्य मनमोहक प्रसिद्ध महाप्रभुको जन्म थलो रुन्टि र महाप्रभुले तपश्या गरेको ठाउँ गढीको नामवाट नामाकरण गरेको यस गाँउपालिकाको केन्द्र होलेरी, रोल्पामा रहेको छ । यस गाँउपालिका रोल्पा जिल्ला सदरमुकाम लिवाङ देखी ४० कि.मी उत्तरी पश्चिम भागमा अवस्थित छ । ९ वटा वडा भएको रुन्टिगढी गाँउपालिकाको पूर्वमा रोल्पा नगरपालिका र सुनिल स्मृति गाँउपालिका, पश्चिममा दाङ र सल्यान जिल्ला,उत्तरमा त्रिवेनी गाँउपालिका र दक्षिणमा दाङ र प्यूठान जिल्ला रहेका छन ।   

२. भौगोलिक अवस्थिति
८२° १२’५२” देखी ८२° ३५’२२” पूर्वी देशान्तर र २८° १२ ३६” देखी २८२२’२५” उत्तरी अक्षाशमा फैलिएको एस गाँउपालिका समुद्र सतहबाट ८६० देखी २८०० मि. उचाइमा अवस्थित छ । वनजंगल, खोलानाला र प्राकृतिक छटले भरिपूर्ण यस गाउँपालिका पहाडी क्षेत्रमा पर्दछ । यस गाउँपालिकाको क्षेत्रफल २३२.६९ वर्ग कि.मी ‍। 

 जनसंख्या र घरधुरी  

यस रुन्टीगढी गाउँपालिकामा पुरुषकाे  जनसंख्या  १३,३४९  र महिलाकाे  जनसंख्या १४,९४२ गरि जम्मा जनसंख्या २८,२९१ रहेको छ  साथै घरधुररीकाे सख्या ५६०८ रहेकाे छ ।
 

3. सामाजिक तथा सास्कृतिक पक्ष
यस गाँउपालिका सामाजिक तथा सास्कृतिक रुपमा सम्पन्न रहेको छ । मगर जातीको वाहुल्यता छ भने यस वाहेक ब्रहामण, क्षेत्री, ठकुरी, सन्यासी, कामी, दमाई, सार्की, घर्ती लगाएतका जातजाती बसोबास गर्दछन । धार्मिक रुपमा हिन्दु धर्मको बाहुल्यता रहेपनि बौद्ध तथा क्रिश्चियन धर्मावलबीहरु सहितयस गाँउपालिकामा जातीय र धार्मिक सहिसुन्ता कायम रहेको छ । दशैँ, तिहार, जनै पूर्णिमा, बुद्ध जयन्ती आदी यहाँका प्रमुख पर्वहरु हुन । पन्चे बाजा,कौरा, सोरठी, मयुर नाच,साराङ्गी नाच, भmयाउरे, वालन,चुडका, लगाएतका जातीय परम्परागत पहिचान कायम रहेकै छ । वि. सं २०७३ सालमा रोल्पा जिल्लामा ७ वटा वडा अहिले प्रशासनिक र्दष्टिकोणबाट ९ वटा वडामा विभाजन गरिएको छ ।  

४. सामाजिक अवस्था
इस खण्डमा रुन्टीगढी गाउँपालिका बासिन्दाहरुको सामाजिक अवस्थाको अध्ययन गरिएको छ,जसअन्तरगत साक्षरता, वैवाहिक अवस्था, बसोवास र बसाइँसराइ, जन्म र मृत्यु एवम् स्वास्थ्य सम्बन्धी जानकारी दिइएको छ । 
1    साक्षरता
स्न्टीगढीमा पुरुष र महिला दुवैको साक्षरता प्रतिशत सामान्यतता सन्तोषजनक नै देखा पर्छ । तर पुरुषहरुको सापेक्षतामा रुन्टीगढी गाउँपाुलिकाको अझै पनि निरक्षर महिलाहरुको सङ्ख्या(८७.०७७) प्रतिशत रहेको छ । 
2   वैवाहिक अवस्था
रुन्टीगढी गाउँपालिका बासिन्दामध्ये १० वर्ष वा सोभन्दा माथिको उमेरका २०८८ व्यक्तिहरुको वैवाहिक अवस्थाको अध्ययन गर्दा विवाहिक  व्यक्तिहरुका प्रतिशत  ५२.६ र अविवाहित व्यक्तिहरुको प्रतिशत ४४.६ रहेको पाइयो । 
3    बसोबास र बसाइँसराइ
रुन्टीगढी गाँउपालिकामा बसाईसराइको अवस्था विश्लेषण गर्दा यहाँका बसोबासीमध्ये ९६.८१८ प्रतिशत बासिन्दाहरु अन्यत्रवाट बसाइँसराइ गरी आएको पाइयो । ५ न. वडामा अन्य वडा भन्दा धेरै वसाइँसराइ गरेको पाइयो । 
जन्म र मृत्यु
वडागत आधारमा रुन्टीगढी गाँउपालिकाको जन्म सम्बन्धी विवरण हेर्दा विगत १२ महिनाको अवधिमा वडा नं ३ र १ मा अन्य वडाको तुलनामा अधिक जन्मदर रहेको देखिन्छ र मृतयुतर्फको तथ्याङ्क हेर्दा जम्मा ४.१६ प्रतिशत घरधुरीमा मात्र मृत्यु भएको देखिन्छ । १२ महिनाको अवधिमा क्रमशः वडा २ र ८मा सर्वाधिक धेरै मृत्यु भएको देखिन्छ । 
स्वास्थ्य 
रुन्टीगढी गाँउपालिकाका अधिकांश वासिन्दाहरु(६५.१६८ प्रतिशत) विरामी हुँदा सबैभन्दा पहिले औषधी पसलमा जचाउन जाने गरेको पाइन्छ । पर्याप्त स्वास्थ्य सुविधा प्रदान गर्नका लागि अझै थप प्रयास गर्नु पर्ने देखिन्छ ।

 

रुन्टीगढी गाउँपालिकाको जनसंख्या तथा घरधुरीको विवरण

 

वडा नं.    

पुरुष संख्या

महिला संख्या

जम्मा संख्या

घरधुरी संख्या

१७९९

२०८०

३८७९

८३०

८८४

१०४३

१९२७

५५१

१३३५

१४२६

२७६१

५५९

११२८

१३१५

२४४३

५४९

१९३४

२३२३

४२५७

८९४

१९७७

२१८२

४१५९

९४४

१४१५

१५७६

२९९१

६९२

११५६

१२८२

२४३८

५१४

१७२१

१७१५

३४३६

६७१

जम्मा

१३३४९

१४९४२

२८२९१

६२२४